कास्कीमा आज थप ५१ जनामा संक्रमण, १२ जनाको मृत्यु

गन्थन डेस्क । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
त्यसैगरि कास्कीमा थप १२ जनाका संक्रमणबाट ज्यान गएको छ । यससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या २ सय ४८ पुगेको छ ।

संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...