जनताको स्वास्थ्य प्रति ध्यान दिन गाउँपालिकालाई एमाले अन्नपूर्णको ध्यानाकर्षण

पोखरा ।  नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका संगठन कमिटीले कोरोना संक्रमणको रोकथाम, उपचार , नियन्त्रणमा गम्भीर बन्न गाउँपालिकाको कार्यलयलाई ध्यानाकर्षण गराएको छ ।

एमाले अन्नपूर्ण संगठन कमिटी सचिव विवेक देवकोटाले गाउँपालिका अध्यक्ष युवराज कुँबरलाई ध्यानाकर्षण पत्र बुझाउँदै जनताको स्वास्थ्यप्रति गम्भिर बन्न आग्रह गरे ।

सचिव देवकोटाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा  संविधानले नै स्थानिय तहलाई अधिकार सम्पन्न बनाएको भन्दै सोही अधिकारलाई उपयोग गरि कोरोना संक्रमण अवधिभर गाउँपालिका भित्रका सम्पूर्ण स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालयलाई आवश्यक स्वास्थ्यकर्मी नियुक्त गरी जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन पत्रमा माग गरिएको छ ।

No description available.

यस्तै गाउँपालिकाभर निशुल्क एम्बुलेन्स सेवा, घुम्ती पिसिआर जाँच सेवा, अक्सिजनको व्यबस्थापन सहित निशुल्क औषधी र खानाको व्यबस्थापन गरि आइसोलेशन संचाल गर्न पत्र मार्फत गाउँपालिकालाई अनुरोध गरिएको छ ।

 पत्र बुझ्दै अध्यक्ष कुँबरले ध्यानाकर्षण गराइएका विषयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देबकोटाको नेतृत्व र पहलमा एमाले गाउँपालिका संगठन कमिटीले १५ सय थान माक्स, सय थान भिटामिन सी र २५ लिटर सेनिटाइजर हस्तान्तरण गरेको थियो ।

वडा ५ स्थित नयाँ पुल पुलिस बिटलाई  सेनिटाइजर र मास्क हस्तान्तरण,  झोवाङ्ग स्वास्थ्य चौकी, ढिकुरपोखरी स्वास्थ्य चौकी र अन्नपूर्ण गापा युवा हेल्पलाईनलाई सामग्री वितरण  गरिएको सचिव देवकोटाले जानकारी दिए ।

कमेन्टहरु
Loading...