पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना संक्रमित र उनका कुरुवाहरुलाई खाना खुवाउने कार्य गर्न अनुमति नदिने भएको छ ।
प्रशासन कार्यलयले जेठ ५ गतेको डिसिएमसी वैठकले तत्काललाई कुनैपनि संस्थालाई अनुमति नदिने निर्णय गरे अनुरुप सो कार्य नगर्न स्पष्ट पारेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित र उनका कुरुवाहरुलाई खाना खुवाउने व्यबस्थापन गरिरहेको विवेकशिल साझा पार्टी लगायतका संस्थाहरुले सो कार्य गर्न नपाउने भएका हुन् ।
प्रशासन कार्यलयले सहयोग गर्ने सन्दर्भमा पनि एकद्धार प्रणाली अपनाउन अनुरोध गरेको छ ।