पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको जनाएको छ ।
मन्त्रालयले आज अपिल जारी गर्दै नयाँ भेरियन्ट धेरै संक्रामक र सबै उमेर समुहका लागि जोखिमपूर्ण रहेको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीद्धारा जारी अपिलमा देशभरबाट संकलन गरिएका ३५ नमुना मध्य ३४ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको भन्दै स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ ।