बिध ल्याबलाई कारबाहिको सिफारिस

पोखरा/पोखरामा स्वाब लिएर पोखरामा परिक्षण गर्दै आएको बिध ल्याबलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले कारबाहिको सिफारिस गर्दै तत्कालको लागि बन्द गराएको प्रदेश स्वास्थ्य निर्देशनालयकी अधिकृत सपना सुवेदीले जानकारी गाराईन । बिनाअनुमति पिसिआर परिक्षण गरेको भन्दै कारबाहिका लागि केन्द्रमा सिफारिस गरेर तत्कालाई ल्याव बन्द गराएको सुवेदीले बताईन् ।
‘पहिले हामीले काठमाडौँमा परिक्षण गरिने भन्ने सुनेकाले खास निगरानी गरेका थिएनौँ । तर अहिले बिध ल्यावले पोखरामा नै परिक्षण गरको थाह पाएपछि बन्द गराएका हौँ । उहाँहरुलाई पोखरामा पिसिआर परिक्षण गराउनका लागि अनुमति प्रदान गरिएको छैन । पोखरामा परिक्षण गराउन कानुनी प्रक्रिया पुरा गरेर आएका खण्डमा बल्ल संचालन गर्न पाउछ । अहिले कै अवस्थामा भने हामीले बिध ल्याब बन्द गराएका छौँ । ’ सुवेदीले गन्थनसँग भनिन् ।

कमेन्टहरु
Loading...