मनकारी काँग्रेस

पोखरा l

कोरोना महामारीले देश नै आक्रान्त छ । जनताहरु कोरोनाको त्रासले आत्तिएका छन् । चुनाबको बेला अनेक नारा र आश्वासन बोकेर जनतासंग घरदैलो गर्ने राजनीतिक दलहरु बेखबर हुँदा मन दुखाएका जनताहरुलाई कास्की काँग्रेसले थोरै भएपनि मलाम पट्टी लगाएको छ ।

कास्की काँग्रेसले कोभिडको बिरामीहरुलाई अस्पतालसम्म लैजानकालागी पोखरामा निशुल्क दुइ एम्बुलेन्सहरु संचालनमा ल्याएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गर्दा कास्की काँग्रेसको कामले जनतालाई थोरै भएपनि राहत दिएको छ ।

कास्कीमा काँग्रेसले जस्तै अन्य दलले पनि कोरोनासंगको लडाईमा आ-आफ्नो भुमिका खेल्न सक्यो भने कोरोनालाई सजिलै हराउन सकिन्थ्यो कि ?

कमेन्टहरु
Loading...