पोखरा । पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमाले स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारीले अक्सिजन प्लान्ट निर्माणका लागि एक लाख रुपैया सहयोग रकम दिने घोषणा गरेका छन् ।
अधिकारीले पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा राख्न लागिएको अक्सिजन प्लान्टमा आफ्नो तलब भत्ताबाट रु एक लाख प्रदान गरेर योजनामा सहभागि हुने बताएका हुन् ।
अधिकारी कै पहलमा ल्याइएका अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर लगायतका कोरोना संक्रमितको उपचारमा आवश्यक स्वास्थ्य सामाग्री पोखराका विभिन्न अस्पताललाई शनिवार हस्तान्तरण गरिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३/३ वटा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर , संक्रामक तथा सरुवा रोग अस्पताल मोहोरियामा एक सिलिन्डर , एक कन्सन्टेटर, रुपा गाउँपालिका र मादीको थुम्सिकोट स्वास्थ्य केन्द्रलाई एक /एक वटा कन्सनटेटर साथै विभिन्न स्वास्थ्य सामाग्री नेकपा एमालेका युवा नेता दिलिप न्यौपानेले हस्तान्तरण गरेका थिए ।
गत साता मात्रै नेकपा एमाले स्वास्थ्य विभाग प्रमुखको अधिकारीले कोरोना नियन्त्रण , रोकथाम र व्यबस्थापलाई लक्षित गरेर नौ बुदें रणनीतिक योजना समेत प्रधानमन्त्रीलाई बुझाएका थिए ।