सूर्योदय क्लवले गर्‍यो आकस्मिक रक्तदान कार्यक्रम

पोखरा ।
पोखरा क्षेत्रमा रगतको अभावलाई दृष्टिगत गर्दै नदीपुरस्थित सूर्योदय क्लवले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको छ ।

क्लवका उपाध्यक्ष मधुसुदन पौडेलका अनुसार कोभिडको महामारी भए पनि सुरक्षाका यावत् मापदण्ड पालना गरी रक्त संकलन गरिएको र यस कार्यक्रममा स्थानीय ३२ जना व्यक्तिले स्व:स्फूर्त रुपमा सहभागिता जनाएको जानकारी दिए ।

उक्त कार्यक्रममा क्लवको सत्कार्यको प्रशंसा गर्दै पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजूले उपचारका लागि रगतको खाँचो सँधै हुने र यस्तो विषम परिस्थितिमा रक्तदान गर्ने सबै जना धन्यवाद ज्ञापन गरे ।

लकडाउनका कारण सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना नगरेकाले रगतको अभाव भएको खबर पाई आफूहरुले यो कार्यक्रम आयोजना गरेको क्लवका सचिव षडङ्गराज घिमिरेले जानकारी दिए ।

कमेन्टहरु
Loading...