कोरोना महामारीको सहारा बन्दै नेलम्बो

पोखरा । पोखरा स्थित नेलम्बो नेपालले कोरोना भाइरस बिरुद्घका स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यलाई जारी राखेको छ ।

जसअन्र्तगत उक्त संस्थाले शुक्रवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला प्रहरी कार्यालय कास्कीलाई सामग्री सहयोग गरेको हो ।प्रतिष्ठानलाई रु.६० हजार बराबरका २० थान पीपिई तथा प्रहरीलाई पीपिई १० थान, ग्लोब्स्, फेसशिल्ड, सनिटाइजर समेत गरी रु.३२ हजार बराबरका सामग्री उपलब्ध गराईएको हो।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले ति सामग्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य र प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

त्यस अवसरमा धारणा राख्दै प्रतिष्ठानका निर्देशक डा. आचार्यले सहयोग प्रति आभार प्रकट गर्दै नेलम्बोसँग सहकार्य गर्दै जाने बताए ।उनले प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास समेत दिलाए ।

प्रहरी उपरीक्षक श्रेष्ठले महामारीको समयमा अग्रपङतिमा खटिनेहरुलाई लक्षित गरी नेलम्बोले सहयोग गर्दै आएको स्पष्ट पार्दै यसको मूल्याङकन आम समुदायले गरिरहेको औँल्याए ।

नेलम्बोका अध्यक्ष देवकोटाले सरकार, संघसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने धारणा राखे । उनले प्रतिष्ठान र प्रहरीसँग सहकार्य गर्न संस्था तयार रहेको पनि स्पष्ट पारे ।

यसैबीच उक्त संस्थाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रु.३ लाख तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड उपचारका लागि रु. ५लाख सहयोग गर्ने घोषणा पनि गरेको छ । त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयसँग सहकार्य गरी प्रदेश स्थित जिल्ला अस्पतालहरुमा पनि पुग्ने योजना संस्थाको छ।

चार वर्ष अघि स्थापित उक्त संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।स्वास्थ्य अन्र्तगत पहिलो चरणमा पनि नेलम्बोले कोरोना भाइरस विरुद्घका स्वास्थ्य सुरक्षाका सामग्री स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्य कर्मी ,संचारकर्मी र सुरक्षा निकायलाई प्रदान गरेको थियो।

उक्त संस्थाले यस महामारीमा खेलेको भूमिकाको आजकल नागरिक स्तरबाट समेत प्रशम्सा हुन थालेको छ।
कोरोना महामारी सुरु भएयता संस्थाले सयौं बढी संघसंस्था र नागरिकलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिसकेको छ।

कमेन्टहरु
Loading...