काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पगुेका नेकपा माओवादी केन्द्रका प्रचण्ड निराश भएर फर्किएका छन् ।
केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि बहुमतको सरकार बनाउन अग्रसर रहेका प्रचण्ड आफ्ना पक्षमा बहुमत नजुट्ने भएपछि निराश बनेका हुन् ।
संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न बहुमत नपुग्ने भएपछि देउवा निवासबाट निराश भएर बाहिरएका छन् ।
जनता समाजवादीलाई फकाउन देउवाले गरेको कसरत फेल भईसकेको छ । देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीचको भेटवार्तामा महन्थले आफ्ने दलको नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रह गरेका थिए । देउवाले त्यसलाई सोझै नकारेका थिए ।
यता एमालेमा असन्तुष्ट रहेको माधव नेपाल समुहले राजिनामा दिने विषयमा उक्त समुहबीच नै कुरा मिल्न सकेको छैन । डा भीम रावल , रामकुमारी झाँक्री , घनश्याम भुसाल लगायत राजिनामा पक्षमा उभिएपनि सुरेन्द्र पाण्डे , योगेश भट्टराई र गोर्कण विष्ट लगायत विपक्षमा छन् ।
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच अहिले भेटवार्ता भइरहेको छ ।
कांग्रेस , माओवादी केन्द्र र जसपा भित्रका उपेन्द्र र बाबुराम समुह समेत गर्दा जम्मा १ सय २४ सांसद पुगेका छन् । बहुमतका लागि १ सय ३६ सांसद आवश्यक पर्दछ ।
ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि देउवा दाहालको बहुमतिय सरकार बनाउने योजना असफल बनेको हो ।
राष्ट्रपति दिएको समयसिमा आज बेलुका ९ बजे सकिदैछ ।