पोखरा
कोरोनाको संक्रमणको दर बढ्दै गर्दा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेहरुको संख्या पनि आकाशिएको छ । कोरोना संक्रमणकै कारण पोखराका संचारकर्मी गणेश पौडेलले पनि ज्यान गुमाएका छन् । केहि समय अगाडीदेखि संक्रमण शिकार बनेको संचारकर्मी पौडेलको आज बिहान पोखराका गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि केहिदिनदेखि उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको थियो । गण्डकी टेलिभिजनका निर्देशक र गण्डकी छड्के कार्यक्रमका ब्यबस्थापक पौडेल पोखरामा कोरोना संक्रमणका कारण ज्यान गुमाउने पोखराका पहिलो संचारकर्मी हुन् । पौडेललाई अन्य कुनै पनि दिर्घरोग नरहेको परिवार स्रोत बताउँछ ।
प्रिय संचारकर्मी गणेश पौडेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।