काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले अबको छ महिना भित्र चुनाब गर्न कांग्रेस सभापति शेरवहादुर देउवालाई सुझाएका छन् ।
‘निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयॅा चुनावमा गरौं। विगतका त्रुटि कमजोरी हटाऔं ।चुनाव मात्र विद्यमान संकटको समाधान हो ।’,टुईटरमा थापाले कांग्रेस सभापति देउवालाई मेन्सन गर्दै लेखेका छन् ।
थापाले अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर सरकार बनाउने गलत संस्कार र अभ्यासले कांग्रेसको भलो नहुने भन्दै चुनावमा जान देउवालाई सुझाएका छन् ।
‘अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले कंग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ’,उनले लेखेका छन् ।
अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले कंग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ @PresidentNC
निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६महिना भित्र नयॅा चुनावमा गरौं।विगतका त्रुटि कमजोरी हटाऔॅ।चुनाव मात्र विद्यमान संकटको समाधान हो— Kamal Thapa (@KTnepal) May 11, 2021