पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मुख्यमन्त्री पदबाट राजिनामा दिएका पृथ्वीसुब्बा गुरुङ जनमोर्चाकै आडमा पुनः विश्वासको मतका साथ सपथ लिने योजनामा थिए । तर जनमोर्चाले संसद सचिवालयमा सर्मथन फिर्ताको पत्र बुझाएपछि गुरुङको पुनः नियुक्तीको सम्भावना टरेको छ ।
संसद सचिवालका सचिव हरिराज पोखरेलका अनुसार आइतबारै जनमोर्चाले प्रदेशसभा सचिवालयमा समर्थन फिर्ता गरिएको पत्र दर्ता गराएको थियो ।
अब अविश्वासको प्रस्ताव संगै नयाँ सरकारको प्रक्रिया अगाडी बढ्ने छ ।