पोखरा । नेकपा एमाले माधव नेपाल समुहका सांसदले तत्काल राजिनामा नदिने भएका छन् ।
सिंहदरवारमा भएको बैठकमा नेपाल पक्ष सांसदहरु नै राजिनामा गर्ने र नगर्ने बारेमा विभाजित बनेका थिए ।
बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे समुहले राजिनामा नदिने संसदमा उपस्थित भएर विश्वासको मत दिने पक्षमा उभिएका थिए भने भिम रावल र अष्टलक्ष्मी शाक्य आज नै राजिनामा दिनुपर्ने पक्षमा थिए ।
स्रोतका अनुसार बैठकमा रावल र शाक्यको पक्षमा अर्थात् राजिनामा दिनुपर्छ भन्ने पक्षमा जम्मा सात जना सांसद उभिएका थिए । नेपाल समुहले ३४ जना दावी गरेपनि ठूलो संख्या राजिनामाको विप्रक्षमा उभिएपछि निर्णय हुन नसकेको हो ।