कमल थापा लेख्छन्, ‘आज नै केपी ओलीको राजिनामा र पुनः नियुक्ती’

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सोमबार हुने विश्वासको मतमा प्रधानमन्त्री केपी शर्मा ओली फेल हुने र प्रधानमन्त्रीले राजीनामा दिने त्यसका साथै पुनः उनै ओली प्रधानमन्त्रीमा नियुक्ति हुन सक्ने बताएका छन् ।

थापाले ट्वीटमार्फत भनेका छन्, ‘प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ । आजै राजीनामा आउला, फेरि प्रधानमन्त्री बन्न सक्नुहोला ।’

उनले चुच्चे नक्शा जारी गर्नु र सिके राउतलाई मूल धारमा ल्याउने कामको प्रशंसा गर्दै उक्त कार्यका निम्ति ओलीको सम्झना भइरहनेछ बताएका छन् ।

जेहोस् अनेक विवाद, असफलताका वावजुद लिम्पियाधुरा सहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहनेछ,’ उनले लेखेका छन् ।

कमेन्टहरु
Loading...