नेकपा एमाले माधव समुहका सांसद झपट रावलले नेकपा एमाले एकताको सम्भावना सकिएको बताएका छन् ।
सामुहिक राजिनामा अघि माधव नेपाल समुहको वैठकमा सिहंदरवार पुगेका सांसद रावलले केपी ओलीले एकताका लागि कुनै पहल नगरेको आरोप समेत लगाए ।
‘एमाले विभाजनको डिलमा उभिएको छ, हामी स्तब्ध भएका छौँ।’,उनले पत्रकारहरुलाई भने ।
नेपाल पक्षका कतिजना सांसदले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन ।