तनहुँ\स्वास्थ्य मापदण्ड पुरा नगरी हिँडडुल गर्ने तनहुँका ९८ जना कारबाहीमा परेका छन् । स्वास्थ्य सावधानी नअपनाइ हिँड्न तथा जथाभावी रुपमा घरबाहिर निस्कनेहरु कारबाहीमा परेका हुन् । उनीहरुबाट नौ हजार आठसय रुपैयाँ जरीवाना संकलन भएको छ ।
तनहुँमा कोभिड १९ को संक्रमण फैलदै गएकाले त्यसको न्युनिकरण गर्न जिल्ला प्रसासन कार्यालय तनहुँले बैशाख २२ गते राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा लगाएको थियो । तर संक्रमणको जोखिम दिनानुदिन बढ्दै जाँदा पनि सर्वसाधारणले भने अटेर गरिरहेका छन् । सुरक्षित भएर घरमा बस्नुको साटो बजार क्षेत्रमा निस्कने त्यहि पनि स्वास्थ्य सावधानी नअपनाइ । यसरी जथाभावी रुपमा घर बाहिर निस्कने सर्वसाधारण र सवारी साधनलाई भने तनहुँ प्रहरीले कारवाही गरेको हो । २४ गतेसम्म प्रहरीले १६० सवारी साधनलाई जिल्लाका विभिन्न ठाउँमा होल्ड गरी निषेधाज्ञा एवम कोरोना भाइरसबाट बच्नको लागि स्वास्थ्य मापदण्ड अपनाएर हिँड्न आग्रह गरेको छ ।
त्यस्तै लकडाउनको समयमा पनि स्वास्थ्य मापदण्ड पुरा नगरी सवारी चलाउने र जथाभावीरुपमा हिँडडुल गर्ने ९८ जना व्यक्तिलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए । ‘ती व्यक्तिलाई एक सय रुपैयाँका दरले जरीवाना गरिएको छ ।’ सो अवसरमा उनीहरुलार्इँ संभmाइबुझाइ गरी माक्स समेत प्रदान गरिएको डिएसपी तिमिल्सिनाले बताए ।