कोरोनासँग यसरी जुधौँ

  • सौगात पोखरेल

देशको अर्थतन्त्र कोरोनाको कारणले थिलोथिलो परेको छ । बिहान काम गरेर बेलुका खानेहरुको अवस्था नाजुक बन्दै छ । सरकारी अस्पतालहरुमा जटिल अवस्थाका बिरामीले पनि उपचारका लागि बेड पाउने अवस्था छैन । निजि अस्पतालमा उपचार गराउने हैसियत भएकाहरु एकदम न्युन रहेको छ ।
निर्वाचन ताका अनेकन आश्वासनका पोकाहरु बोकेर गाउँगाउँ छिरेका राजनीतिक दलहरु कोरोना महामारीमा भने बेपत्ता भएका छन् । बेपत्ता नै भएका हुन भन्ने अवस्था पनि छैन । उनीहरु सत्ता जोगाउने र ढाल्ने खेलमा लिप्त भएर बसेका छन । उनीहरुलाई दिनमा महामारीको कारण कति जनाले ज्यान गुमाए ? कति जना जीवन मरणको दोसाधमा अस्पतालका बिस्तारामा छटपटाईरहेका छन ? कतिजना भोकसँग पौठेजोरी खेल्दै एकछन मात्र खाएर जिन्दगी गुजारी रहेका छन? त्यसको हिसाव किताब गर्ने समय यतिबेला नेपालमा रहेका राजनीतिक दलसँग छैन । उनीहरु दुखि भएझै गरि एक दुई खोस्तो कागज खर्च गरेर गोहिको आँशु चुहाईरहेका छन् । राजनीतिक दलहरुलाई बिज्ञप्ती निकाल्नु नै महान काम गरेझै लागिरहेको छ ।
देशभर कोरोना संक्रमण दर बृद्धि हुँदा अवस्था भयबह हुँदैछ । उनीहरु भने सत्ताको लागि दौडधुप गरिरहेका छन् । सत्तापक्ष र प्रतिपक्ष बिचमा आरोप प्रत्यारोप चलिरहँदा जनता भने उपचार नपाएर ज्यान गुमाउन बिबश छन् । कोरोना महामारीको यस्तो डरलाग्दो समयमा पनि कोरोना नियन्त्रणका लागि उनीहरुले साझा धारण निर्माण गर्न सकेका छैनन् ।
निर्वाचनको समयमा करोडौँ खर्च गरेर चुनाव लड्न तयार भएका नेताहरु यतिवेला केहि पनि सहयोग गर्न तयार छैनन् । न राजनीतिक दलहरु नै स्वतफुर्त सहयोगका लागि तयार छन ? स्थानिय स्तरमा भएको स्रोत साधनलाई भरपुर मात्रामा प्रयोग गरेर कोरोना रोकथामका लागि योजना बनाउन सकियो भने मात्र अहिलेको अवस्थामा धेरै समस्याहरु अन्त्य भएर जानेछ । तर त्यो कामको इनिसेसन लिएर कोहि अगाडी बढ्न नै तयार छैन ।
आजकाल अस्पतालमा बेड अभाब र अक्सिजन अभाबका समाचारहरुले प्राथामिकता पाईरहँदा राजनीतिक दलहरुको भने समस्या हल गर्न कत्ति पनि भुमिका देखिएको छैन । यस्तो महामारीको समयमा सरकारी स्वामित्वमा रहेका स्कुल तथा हलहरुलई व्यबस्थापन गरेर थप आइसोलेसन वार्ड निर्माण गर्न सकिन्छ । केहि समयदेखि बन्द अक्सिजन उद्योगहरु पुनः संचालनमा ल्याएर अक्सिजनको समस्या टार्न सकिन्छ । त्यसका लागि सरकारको एकल प्रयासले मात्र पुग्दैन । जनतासँग पनि खुल्ला आव्हान गरेर कोरोना महामारीका बिरुद्ध लड्न सकियो भने मात्र यो समस्या हल भएर जान्छ । अन्यथा चुनावको बेला मात्र ठुला र चर्का नारा बोकेर घरदैलोमा हिड्नुको कुनै महत्व हुँदैन । समय छ सबैले आ–आफ्नो इगो त्यागरेर तयारीमा लागौँ । अन्यथा पशुपतिनाथले र मुक्तिनाथले मात्र हामीलाई जोगाउन सक्दैन ।

कमेन्टहरु
Loading...