पोखरा\पछिल्लो समय पोखरामा कोरोना संक्रमणको दर निकै उच्च भएको छ । संक्रमणको दर बढेसँगै कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको ख्यामा पनि बृद्धि भएको छ । बिहिबार मात्र पोखराका तीन सहित गण्डकी प्रदेशमा चार जनाले कोराना संक्रमणको कारण ज्यान गुमाएका छन् ।
पोखरा ३,२९ र १७ नम्बर वडाको सहित म्याग्दी जिल्लाका एकले कोरोनाको कारण ज्यान गुमाएका हुन । पोखरा २९ का बाहेक अन्य मृतकहरुको उमेर ७० कटेको थियो । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २४१ ले ज्यान गुमाईसकेका छन् ।