पोखरा\जनता समाजबादी पार्टी गण्डकी प्रदेशका संसदीय दलका नेता हरिशरण आचार्यलाई कोरोना संक्रमण भएको छ । मंगलबार स्वास्थ्यमा सामान्य समस्या आएपछि आचार्यले बुधबार पिसिआर परिक्षण गरेका थिए । आचार्यले आँफुलाई संसदबाट नै कोरोना संक्रमण भएको हुनसक्ने बताए ।
बुधबार मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि आचार्यलाई गण्डकी प्रदेशले संचालन गरेको अस्पतालमा लैजाने तयारी भईरहेको छ । पछिल्लो समय गण्डकी प्रदेश सभा सदस्यहरुलाई कोरोना संक्रमण भएपछि सबै सांसदहरु कन्ट्याक ट्रेसिङमा परेका छन् ।
मुख्यमन्त्रीलाई कोरोना संक्रमण भएसँगै गण्डकी प्रदेश सभाको बिशेष अधिबेशन भने अनिश्चित बनेको छ ।
२०८२ भाद्र ६ गते शुक्रबार