कोरोना नियन्त्रणमा सरकारलाई एमाले स्वास्थ्य विभागले बुझायो रणनीतिक सुझाव

पोखरा । नेकपा एमाले स्वास्थ्य विभागले सरकारलाई कोरोना रोकथाम र उपचार व्यबस्थापनमा अपानाउनुपर्ने रणनीति पेश परेको छ ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारीको नेतृत्वमा सुझाव संकलन गरि बुधवार प्रधानमन्त्री समक्ष पेश गरिएको हो ।

विभागले पेश गरेको सु्झावमा संक्रमणलाई फैलनबाट रोक्न र उपचारलाई व्यबस्थीत गराउन सरकारलाई तत्काल कोरोना विरुद्धको खोप उत्पादक मुलुकहरु चीन, भारत ,बेलायत अमेरिका र रसियाका सरकार प्रमुखहरुसंग कुटनितीक पहल गर्न भनिएको छ ।

यस्तै खोप उपलब्ध गराउनका लागि सम्बन्धित मुलुकका स्वास्थ्य मन्त्रालय र उत्पादकहरुसंग पहुँच भएका व्यक्तिहरुलाई विषेश दूतको रुपमा खटाउन सुझाव दिइएको छ ।

विर अस्पतालको नयाँ भवनलाई इमर्जेन्सी रिफरल हव बनाई त्यहीका चिकित्सकको निर्णयमा काठमाडौंका अस्पतालहरुमा आइसियू विरामीहरुको उपचार व्यबस्थाप गर्ने र त्यसका लागि आर्थिक र प्रशासनिक अधिकार सहितको वरिष्ठ चिकित्सक खटाउन सुझावमा भनिएको छ ।

विभागले कन्ट्याक्ट ट्रेसिङका लागि सुरक्षा निकायलाई आवश्यकता अनुरुप परिचालन गर्न सकिने, अक्सिजन , औषधी र उपकरणको कालोबजारी रोक्न अख्तियार सम्पन्न बहुउद्धेश्यीय टोली गठन गरि परिचालन गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गर्न समेत सुझाव दिएको छ ।

यस्तै होम आइसोलेशनमा रहेकाहरुलाई स्वास्थ्य सल्लाहका लागि मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, स्वास्थ्य व्यबसायि परिषद्, फार्मेसी काउन्सिल र आर्युवेद काउन्सिललाई एकिकृत योजना बनाइ परिचालन गर्न सकिने सुझाव समेत विभागले दिएको छ ।

विभाग प्रमुख अधिकारीले उक्त सुझावहरुलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सकारात्मक रुपमा लिनुभएको बताए ।

‘सम्माननिय प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसंग विचार–विमर्ष गरी सुझाव प्रस्तुत गरियो । अत्यन्तै सकारात्मक रूपमा लिनुभई पहलकदमी शुरू गर्नुभएकोमा आभारी छु’,अधिकारीले भने ।

विभागले मे देखी अगष्ट महिना संक्रमितको संख्या उच्च रहने र अस्पतालहरुमा सामान्य र आइसियू शैयाहरुमा ठूलो चाप पर्न सक्ने अनुमान समेत गरेको छ ।

 

कमेन्टहरु
Loading...