पोखरामा खतराको घण्टीः आज मात्रै ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ।

पोखरामा आज ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै पोखरामा ३ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

त्यस्तै आजै पोखरामा संक्रमणबाट १ जनाको ज्यान गएको छ ।

साथै यो समाचार तयार पार्दा सम्म गण्डकी प्रदेशमा आजमात्रै ३ सय ९७ जनामा संक्रमण पुष्टि भएको छभने २ जनाको ज्यान गइसकेको छ । गण्डकीमा सबैभन्दा संक्रमित हुने जिल्ला कास्की रहेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...