कास्कीमा मंगलबारदेखी लकडाउन

पोखरा । कास्की जिल्लामा मंगलबारदेखी लकडाउन घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय कास्कीद्धारा बैशाख २१ गते विहान ५ बजेदेखी ३१ गते राती १२ बजे सम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी आदेशमा तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायतका बाहेकका पसलहरु बन्द गर्न भनिएको छ ।

यस्तै, सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने आदेशमा उल्लेख छ।

कमेन्टहरु
Loading...