लुम्बिनीमा प्रदेश सांसदमाथी प्रहरीको बल प्रयोग

पोखरा/मुख्यमन्त्री शंकर पोखरेलको सपथ ग्रहण रोक्नका लागि प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका सांसदहरुमाथी प्रहरी बलप्रयोग गरि हटाएको छ । पोखरेललाई सपथ खान नदिने भन्दै घर्नामा रहेका सांसदहरुलाई प्रदेश प्रमुखको कार्यालयबाट हटाउने क्रममा स्थिति असहज बनेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

मुख्यमन्त्रीलाई सपथ खुवाउन निस्केको भन्दै प्रदेश प्रमुखलाई सांसदहरुले घेरेपछि झडप भएको बुभिएको छ ।
प्रहरीले बल प्रयोग गर्दा केहि सांसद घाइते भएका छन् । घटनाको बिस्तृत बिबरण आउन अझै केहि समय लाग्ने छ ।

कमेन्टहरु
Loading...