गन्थन डेस्क
गण्डकी प्रदेश सभाका २ सांसद र २ मर्यादापालकमा कोरोना पोजिटिभ देखिएको छ ।
गत सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा नेकपा एमालेले सांसदको स्वाब परीक्षण गरेर मात्रै संसद सुचारु गर्ने अडान राखेपछि मंगलबार सबैको स्वाब लिइएको थियो ।
स्वाब लिइएकामध्ये ४ जनाको रिपोर्ट पोजिटिभ आएको विशेष स्रोतले जानकारी दिएको छ । रिपोर्ट पोजिटिभ देखिएपनि सांसदहरूले मतदान गर्न भने पाउनेछन् ।