लकडाउनको डरमा काठमाडौं छाड्ने बढे

काठमाडौं । कोरोना संक्रमण बढेपछि लगाइएको निषेधाज्ञा लागू हुनपूर्व काठमाडौं छाड्नेको संख्यामा बढेको छ ।

काठमाडौँ उपत्यकामा वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी भएपनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्‍याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।

ट्राफिक प्रहरीले काठमाडौंबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको जनाएको छ ।

कति बाहिरिए भन्ने तथ्यांक अद्यावधिक भइनसकेको ट्राफिक प्रहरीले जनायो ।

कमेन्टहरु
Loading...