काठमाडौंसहित ललितपुर तथा भक्तपुरमा बिहीबारबाट निषेधाज्ञा

काठमाडौं । काठमाडौंसहित ललितपुर तथा भक्तपुरमा वैशाख १६ गते बिहीबार राति १२ बजेबाट १ हप्तासम्मका लागि निषेधाज्ञा लागु हुने भएको छ । आज बसेको ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना भाइरस संक्रमणको दर वृद्धि भएकाले काठमाडौं उपत्यकासहित ३ वटै जिल्लामा वैशाख १६ गते राति १२ बजेबाट लागु हुने गरी १ हप्ताका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।

यी ३ वटै जिल्लामा वैशाख १६ गतेबाट लागु हुने गरेर सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुने भएका छन् ।

मानिसको बढी गतिविधि हुने स्थानमा समेत निषेधाज्ञा लागु हुने भएको छ । हालका लागि १ हप्तासम्मका लागि निषेधाज्ञा लागु हुने बताइएको भए पनि १ महिनासम्म लागु हुन सक्ने बताइएको छ । निषेधाज्ञा अवधिभरी अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् ।

कमेन्टहरु
Loading...