रोहनको निर्देशनमा रहेको ‘जरुरी’ सार्वजनिक (भिडियो सहित)

पोखरा । पोखरा र आसपासको क्षेत्रमा छायांकन तथा गायक बादल थापाको स्वरमा रहेको ‘जरुरी’ बोलको गित सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम गरि भिडियो सर्बजनिक गरिएको हो । म्युजिक भिडियोमा कलाकर रोहन नेपाली र कुसुम रानाभाटको अभिनय रहेको छ । पछिल्लो समय रोहन म्युजिक भिडियोमा ब्यस्त छन् ।

काठमाडौंबाट बन्ने तथा पोखराबाट निर्माण हुने अधिकांस भिडियोमा रोहनले काम गरिरहेका छन् । रोहन खासमा नेपाली चलचित्रका कोरियोग्राफर हुन तर पछिल्लो समय भिडियो निर्माण र अभिनयमा रमाउन थालेका छन् ।

अहिले रिलिज भएको भिडियोको निर्देशन पनि रोहनलेनै गरेका छन भिडियोलाई अमित नेपालीले खिचेका हुन् भने निर्माण शिशिर जय खरेलले गरेका हुन्

गित निकै नै उत्कृष्ट रहेको र गितको भिडियो पनि एकदमै मन छुने बनेको कुरा शिशिर बताउछन् । कोरोना पछि नेपालमा धेरै भन्दा धेरै भिडियो निर्माण भैरहेका यसै बिचमा रिलिज भएको यो भिडियोको कन्सेप्ट दर्सकले मन पराउनेमा रोहन ढुक्क छन् ।

कमेन्टहरु
Loading...