पाउँदुरकाेटकी चेली सरिताकाे एनआरएन कोलोराडोमा उम्मेदवारी

गन्थन डेस्क

सामाजिक अभियन्ताको छवि बनाएकी पाउँदुरकाेट कास्कीकी सरिता गुरुङले अमेरिकामा गैरआवासीय नेपाली (एनआरएन) कोलोराडो च्याप्टरको महिला संयोजकमा उम्मेदवारी दिएकी छिन् ।

सन् २०२१–०२३ कार्यकालको लागि उम्मेदवारी दिँदै गुरुङले सबैको साथ, सहयोगको अपेक्षा गरेकी छिन् । गुरुङले भनेकी छिन्, ‘नयाँ वर्ष ०७८ को सम्पूर्णमा शुभकामना, तपाइहरुको मत, साथ र सहयोगको अपेक्षा गरेकी छु ।’

एकपटकको नेपाली, सँधैको नेपाली भन्दै उनले एनआरएनलाई ‘गतिशील, सशक्त, संस्थागत र समावेशी’ बनाउँन जोड दिएकी छिन् । च्याप्टरको निर्वाचन मे महिनाको २९-३० तारिकमा हुनेछ ।

३ वर्षअघि अमेरिका पुगेकी गुरुङले ‘सरिता गुरुङ फाउण्डेशन’मार्फत नेपालमा समाजसेवा गर्दै आएकी छिन् ।

गुरूङकाे प्यानलमा कुमारजंग कार्की, रिमा गुरूङ हाेडा, अर्जुन बगाले, दिपक ढकाल, दीपा भट्टराइलगायत रहेका छन् ।

 

कमेन्टहरु
Loading...