पोखरामा वाइन किङ उमन्स प्रो ३५ फ्रेण्डसीप क्रिकेट सिरिज २०२१ हुने

पोखरा । पोखरा क्रिकेट क्लबको आयोजनामा पोखरामा वाइन किङ उमन्स प्रो ३५ फ्रेण्डसीप क्रिकेट सिरिज २०२१ हुने भएको छ । आयोजक क्लबद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी बैशाख ३ र ४ गते पोखरा क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुने जानकारी दिइएको हो । ३५ ओभरको प्रतियोगितामा काठमाडौंको १ र पोखराको १ टिम गरि २ टिमको सहसभागिता रहने प्रतियोगिता संयोजक गोविन्द प्रधानले जानकारी दिएका छन् ।

सोही समारोहमाा मदिरा व्यवसायी समितिका अध्यक्ष डिल्लीराम पनेरुले प्रतियोगिताको मुख्य ट्रफी सार्वजनिक गरे । पोखराको तर्पmबाट पोखरा क्रिकेट क्लब र काठमाडौंको अल्फा एकेडेमीबीच हुने प्रतियोगितामा विजयी हुने टिमले ट्रफीसहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरि २ खेलमा म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने सो अवसरमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक पोखरा क्रिकेट क्लबका अध्यक्ष निकेश श्रेष्ठले प्रतियोगिताबाट पोखरामा क्रिकेटतर्फ आकर्षित महिला खेलाडीहरुलाई थप उर्जा प्राप्त हुने विश्वास लिएको बताए । पोखरा क्रिकेट क्लबले महिला खेलाडीहरुका लागि प्रतियोगितात्मक रुपमा सुरुवात गरेको भएपनि आगामी दिनमा अन्य कार्यक्रम तथा प्रतियोगिता आयोजना गरिने उनले बताए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बटुलिसकेका खेलाडीको सहभागिता रहने क्लबका उपाध्यक्ष उत्सव शाक्यले बताए ।

क्लबका सदस्य कपिलदेव गौतमले सञ्चालन गरेको कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, क्लबका संस्थापक देवी प्रसाद गुरुङ, क्लबका द्वितीय उपाध्यक्ष चन्द्र गुरुङ जिम्मी, पूर्व खेलाडी ऋषिकेश शर्मा पौडेल लगायतले आ–आफ्नों भनाई राखेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक वाइन किङ प्रालिका प्रोपाइटर मंगल शेरचन र वीरेन्द्र पुनले प्रतियोगितासंग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै क्रिकेट विकासका लागि प्रालिले आगामी दिनमा सहयोग गर्दै जाने बताए ।

कमेन्टहरु
Loading...