कास्कीमा माधव पक्षले गर्यो अनेरास्वबियु पुर्नगठन, अध्यक्षमा अधिकारी

नेकपा एमाले माधव नेपाल समुहले कास्की जिल्लामा बज्रराज अधिकारीको नेतृत्वमा अनेरास्वबियु कास्की जिल्ला कमिटी गठन गरेको छ ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा भएको भेला मार्फत अधिकारीको नेतृत्वमा १ सय ४१ सदस्यीय जिल्ला कमिटीको घोषणा गरिएको थियो ।

भेलामा अनेरास्ववियु केन्द्रिय सचिव राजन शर्मा पराजुलीले अब बिद्यार्थी आन्दोलन सरकारी क्याम्पसमा हुने दुई खाले शिक्षाको अन्त्य गर्ने दिशामा अगाडी बढ्नेछ बताए ।

उनले यातायातमा जस्तैगरी स्वास्थ्यमा पनि ४५ प्रतिशत छुट दिनुपर्ने गरि आन्दोलनको उठान गर्नुपर्ने र अधुरो रहेको शैक्षिक अनि व्यावसायिक ऋणको प्रभावकारी कार्यान्वयन गर्न अबको बिद्यार्थी आन्दोलन अगाडि बढ्ने उद्धघोष गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य श्रीनाथ बराल,एमाले कास्की अध्यक्ष तथा पुर्ब स्वबियु सभापति धनराज आचार्य पृथ्वीनारायण क्याम्पसका निवर्तमान स्ववियु उपसभापति तथा एमाले महानगर सचिव सुशील बस्नेत लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन बिद्यार्थी नेता सन्तोष न्यौपाने , स्वागत रसिका भण्डारी तथा अध्यक्षता कास्की जिल्ला शंकर सैंजुले गरेका थिए ।

कमेन्टहरु
Loading...