नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्न थाल्यो

पोखरा । नेपालमा थप ३ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ३ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ ।

हाल नेपालमा २ हजार २ सय १० जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ४ हजार १ सय जनाको पिसिआर परीक्षण गरिएको छ ।

यो अवधिमा नेपालमा थप ७४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको छ ।

कमेन्टहरु
Loading...