पोखरा ।
अनलाइन पत्रकार संघ गण्डकीले जिल्ला, प्रदेश र केन्द्रमा हुन गइरहेको नेपाल पत्रकार महासंघको चुनावमा आफ्ना संस्थामा आवद्ध अग्रज, सदस्य तथा सल्लाहकारहरुलाई आफ्नो भोट दिने भएका छन् । संघको आज बसेको बैठकले आउदो निर्वाचनमा संस्थामा आवद्धहरुलाई आफ्नो भोट दिने निर्णय भएको संघका सचिव सन्तोष बस्यालले जानकारी दिए ।
नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन यहि चैत्र २५ गते हुँदैछ ।