काठमाडौं । नेपाल सरकार र थारू कल्याणकारी सभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिएका छन् । वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणकोे वार्ता निकट भविष्यमै हुने उनले बताएका छन् । रासस
