भारतबाट आएका तीन जनामा नयाँ प्रकारको कोरोना पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक – एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा तीन जनामा नयाँ भेरिएन्टको कोरोना संक्रमणको पुष्टि भएको उनले बताए ।

उनले नयाँ भेरिएन्ट पुष्टि भएपनि कुन प्रकारका हो भनेर पुष्टि नभएको पनि बताए । कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु
Loading...