सरकारद्वारा एकैपटक रणनीतिक सडक विस्तार कार्यक्रमको शुभारम्भ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक रणनीतिक सडक विस्तार कार्यक्रमको शुभारम्भ गरेका छन् । आज उनले भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित कार्यक्रममार्फत् भर्चुअल माध्यमबाट १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक विस्तार कार्यक्रमको शुभारम्भ गरेका हुन् । निर्वाचन क्षेत्र रणनीतिक सडक नेपालको पूर्वाधार विकासमा कोसेढुंगा मानिन्छ । सोही कारणले सरकारले एकीकृत रुपमा विकास गर्ने लक्ष्य लिएर सरकारले आज सडकको शुभारम्भ गरेको हो ।

शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले गरेका राम्रा कामलाई मुलुकको बढी बिक्ने भनिएका सञ्चारमाध्यमले स्थान नदिएको गुनासो गरेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले काठमाडौंमा मेलम्चीको पानी आएको विषयलाई महत्व नदिएर राजीनामा मागिएको विषयलाई बढी महत्व दिएको बताउँदै राम्रो कामको समेत चर्चा नगरिएको गुनासो गरेका हुन् ।

बजारमा बढी बिक्ने भनिएका राष्ट्रिय मिडियाले समेत मेलम्चीको पानीलाई भन्दा बढी आफ्नो राजीनामाको विषयलाई हेडलाइन बनाएर समाचार प्रकाशन तथा प्रसारण गरेको उनले बताएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्ने दल तथा नेतालाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन् । सबैले राजीनामा मागेको र हटाउन भने नसकेको उनको भनाई छ ।

सबैले राजीनामा मागेको र मागैपिच्छे आफूले राजीनामा दिन नसक्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बताएका छन् । आफूले बारम्बार समर्थन फिर्ता लिएको खण्डमा राजीनामा आइहाल्ने बताए पनि फिर्ता नभएको उनको दावी थियो ।

कमेन्टहरु
Loading...