पोखरा । एमालेको युवा संगठन युवा संघ नेपालले कास्की जिल्लाको वडा नं १७ छोरेपाटनमा अवस्थित पुलचोक टोल सुधार समितिमा टोल स्तरीय युवा कमिटी गठन गरिएको छ । शुक्रबार सम्पन्न युवा भेलाले पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको पुलचोक टोल कमिटीमा २४ सदस्यीय कमिटी गठन गरिएको हो ।
वडा नं १७ मा करिब २१ टोल कमिटी रहेकोमा सोही कमिटीमार्फत् टोल स्तरीय युवा कमिटी गठन गरेको छ । जसमा अध्यक्षमा लक्ष्मण विक, उपाध्यक्ष सुशान्त विक,सचिव विशाल विक, सहसचिव सुजन विक, कोषाध्यक्ष सुनिल विक, सहकोषाध्यक्ष राजेश विक चयन भएका छन् । त्यस्तै सदस्यमा विशाल आले, रूपा तामाङ, सम्झना थापा, विष्णु रिमाल, राजकुमार थापा, केदार विक, संजय लामा, विजय विक, प्रविन विक, सुजित श्रेष्ठ, बद्री विक, मनिषा परियार, डिबी तामाङ र सुजन विक चयन भएका छन् । सोही युवा कमिटीमा सल्लाहकारका रूपमा सुनिता विक, विमल विक, निर्मल दर्जी र केदार विकलाई चयन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय युवा संघका केन्द्रीय सचिव महेन्द्र गुरूङ रहेको कार्यक्रममा एमाले वडा नं १७ का अध्यक्ष सुवास ढुंगाना, स्थायी कमिटी सदस्य विकास अधिकारी, अनेरास्ववियु जिल्ला कमिटी सहसंयोजक सन्तोष पोखरेल, अनेरास्ववियु जिल्ला कमिटी सदस्य विनय पराजुली, युवा संघ वडा नं १७ कोषाध्यक्ष राजु सुनार, पुलचोक आमा समुहका अध्यक्ष गीता खड्का लगायत स्थानीय युवाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण राष्ट्रिय युवा संघ नेपाल पोखरा १७ का संयोजक संयोजक सिवीन्द्रराज भण्डारीले गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन युवा संघ नेपाल वडा नं १७ का सचिव प्राणनाथ पौडेलले गरेमन हुन् ।