प्रधानमन्त्रीले एकैसाथ १६५ निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकसाथ १६५ निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्ने भएका छन् ।

बिहान ११ बजे संघीय निर्वाचन क्षेत्रमा एक एक वटा सडकका दरले सडक शिलान्यास गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

डिजिटल स्वीच थिचेर प्रधानमन्त्री ओलीले सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रम अन्तर्गत ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक निर्माण तय गरिएको हो ।

कमेन्टहरु
Loading...