राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

सातौं अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा आज उनले सकारात्क विषयलाई केन्द्रमा राखेर पत्रकारले कलम चलाउनुपर्ने बताएका हुन् ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदैँ नयाँलाई कार्यकाल सफलताको शुभकामना दिए । समाजका नवनिर्वाचित अध्यक्ष सञ्जिव बगालेले संसदीय समाचार संकलनका क्रममा भएका समस्यालाई सामुहिक रुपमा समाधान गर्न आफ्नो नेतृत्व तयार रहने प्रतिबद्धता जनाएका छन् । यही चैत १४ गते भएको निर्वाचनमा बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । समाजका उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरिएको थियो ।

समाजको सातौं अधिवेशनबाट कार्यसमितिका सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अंगराज न्यौपाने, किरण दाहाल, शम्भुु दंगाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ २ वर्षे कार्यकालका लागि निर्वाचित भएका छन् ।

संसद् र संसदीय समितिलाई मुख्य बिट बनाएर समाचार लेख्ने तथा तस्वीर खिच्ने पत्रकारको साझा थलोका रुपमा समाज रहीआएको छ । उक्त समाजको पछिल्लो अद्यावधिकमा १ सय ३६ पत्रकार सदस्य कायम छन् । नवनिर्वाचित सबै पदाधिकारीलाई आज अध्यक्ष तिमिल्सिनाले प्रमाणपत्र प्रदान गरेका छन् । रासस

कमेन्टहरु
Loading...