पोखरा । पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ४ मा २८ वर्षीय १ जना पुरुष तथा ८ मा २५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १८ वर्षीय १ जना किशोरी तथा ४० वर्षीय १ जना महिलासहित १५ वर्षीय १ जना किशोरलाई कोरोना भाचइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १० मा ५८ वर्षीय १ जना पुरुष, १२ मा ८० वर्षीय १ जना पुरुष, १४ मा ३२ वर्षीय १ जना पुरुष, १५ मा ५८ वर्षीय १ जना पुरुष, १७ मा ६२ वर्षीय १ जना पुरुष, २५ मा ३७ वर्षीय १ जना महिला, २८ मा ३२ वर्षीय १ जना पुरुष तथा २९ मा ५४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ३० मा आज पनि सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन् । सो वडामा आज ८ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३ जना महिला तथा २ जना बालक तथा ३ जना पुरुष रहेका छन् । संक्रमितहरुमा २१, २५ र २६ वर्षीय ३ जना महिला तथा ६ तथा १० वर्षीय २ जना बालकसहित ४०, ४६ र ८३ वर्षीय ३ जना पुरुष रहेका छन् ।
त्यस्तै वडा नम्बर ३३ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४, ४५ र ७१ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशको अर्को जिल्ला तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ब्यास २ का १४ वर्षीय बालक तथा ४ का १६ वर्षीय किशोर हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ६ सय ५३ पुगेको छ ।