प्रधानमन्त्री ओलीले मुलुकलाई फाँसीवादतर्फ लैजान खोजेः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फाँसीवादको बाटोतर्फ अगाडि बढेको बताएका छन् । आज माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै प्रचण्डले प्रधानमन्त्री ओली फाँसीवादतर्फ लागेको र देशलाई पनि सोही दिशामा लैजान खोजेको आरोप लगाएका हुन् ।

हाल नेपालमा संविधानभन्दा पनि जताततै सेटिङले काम हुने उनले दुखेसो पोखे । आफूले लामो समय आदिवासी जनजाति, महिला, मधेशी लगायतको अधिकारका लागि लडेको र त्यसलाई निमिट्यान्न पार्न नदिने उनले स्पष्ट पारेका छन् ।

निरंकुशताका विरुद्ध एकजुट भएर लडेको र त्यसलाई निरन्तरता दिने उनको भनाई छ । परिर्वतनका लागि विभिन्न चरणमा भएका आन्दोलन, सहीदको रगत तथा सपनालाई पुरा गर्न आफू जुन हदसम्म पनि जाने सक्ने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...