पुरानो प्रधानमन्त्री कार्यालयलाई गृहमन्त्रालय बनाइने

काठमाडौं । केही समय अगाडिसम्म प्रधानमन्त्री कार्यालय रहेको भवनमा अब गृहमन्त्रालय सर्ने भएको छ । वैशाख १ गतेबाट प्रधानमन्त्री भवनमा गृहमन्त्रालय सर्ने भएको हो । सिंहदरबारको केही भाग २०७२ सालको भुकम्पले भत्काइदिएपछि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सारिएको थियो ।

सरेको भवनबाट नै हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको काम हुँदै आएको थियो । तर हाल सिंहदरबारको पूर्वी भवनको पुनः निर्माण कार्य सकिएपछि प्रधानमन्त्री कार्यालय पुरानै भवनमा सरेको छ । प्रधानमन्त्री कार्यालय पुरानै भवनमा सरेपछि गृहमन्त्रालय सार्न लागिएको हो । गृहमन्त्रालय सर्ने भए पछि आज गृहमन्त्री रामबहादुर थापा बादलले उक्त भवनको निरीक्षण गरेका छन् ।

कमेन्टहरु
Loading...