मन्त्रिपरिषद् बैठकद्वारा चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी नियुक्त

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले पर्वतका डा.किरण पौडेललाई राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ । त्यस्तै शशी शर्मा, भेषराज आचार्य बरुण, बाबुकृष्ण कार्की तथा डा.सुस्मिता ढकाललाई बैठकले समितिको विकास समिति सदस्यका रुपमा नियुक्त गरेको छ । तराई–मधेशको जमिन तथा प्राकृतिक सम्पदामाथि हुने दोहन बढेपछि मरुभूमि परिणत हुने सम्भावनता बढेको भन्दै संरक्षणका लागि सरकारले विकास समिति गठन गरेको थियो ।

कमेन्टहरु
Loading...