दिपक के श्रेष्ठ
सन् १९९७ मार्चको १९ तारिखको रात जापानको टोकियोमा ३९ वर्षीया जापानी महिला यासुको वातानाबे मृत भेटिइन् । टोकियो इलेक्ट्रिक पावर कम्पनीकी कर्मचारी वातानाबे यौन पेशामा समेत सक्रिय थिइन् ।
वातानाबे हराएको सूचना प्रहरीले मार्च ८ मा पाएपछि खोजी गर्नेक्रममा एक अपार्टमेन्टमा उनको शव भेटिएको थियो । शव भेटिएपछि प्रहरीले उनको सम्पर्कमा रहेका ग्राहक, समय र रकमको अनुसन्धान गर्दै जाँदा नेपाली नागरिक गोविन्दप्रसाद मैनालीलाई पक्राउ ग¥यो । इलामका मैनाली सन् १९९४ मा जापान पुगेका थिए ।
रेष्टुरेन्टमा वेटर मैनालीलाई प्रहरीले पक्राउ गरेपछि सुरुमा उनलाई भिषा सकिएर ओभरस्टेको आरोप लगायो । उनी ३ महिनाको पर्यटक भिसामा जापान पुगेका थिए । त्यसपछि वातानाबेको हत्या आरोपमा प्रहरीले मुद्धा चलायो । र, उनलाई टोकियोको जिल्ला अदालतले सन् २००० को अप्रिलमा निर्दाेष भएको फैसला ग¥यो ।
प्रहरीले थप प्रमाणहरु जुटाउँदै टोकियो उच्च अदालतमा मुद्दा पु¥याएपछि मैनालीलाई दोषि करार गरी जन्मकैदको सजाय सुनाए । यसबीच मैनालीको परिवारजनले वकिलको सहयोगमार्फत फैसलाउपर पुनः अनुसन्धान र सुनुवाइकालागि निरन्तर लडेपछि उच्च अदालतले २०१२ मा मैनाली निर्दाेष रहेको फैसला सुनायो ।
उच्चको पछिल्लो सुनुवाईमा मृतकको शरीरमा भेटिएको वीर्य र ¥यालको डीएनए मैनालीसँग नमिलेको व्यहोरा उल्लेख थियो । यसबीच मैनालीले १५ वर्ष जेलमा बिताइसकेका थिए । बिनाकसुर डेढ दशक जेलमा बिताएको क्षतिपुर्ति भराई पाउन उनले अदालतसमक्ष ८ लाख डलरको माग गरे ।
फलस्वरुप अदालतमार्फत मैनालीले २०१३ मा ६ लाख २० हजार डलर उपलब्ध गरायो । नेपालमा आएपछि उनले जेलमा रहेकाबेला जापानी गार्डहरुले आफुलाई थुक्दै, गाली गरेको सुनाएका थिए ।
जापानमा निर्दाेष रहेको फैसलापछि क्षतिपुर्ति पाएका मैनालीको यो समाचारले ४० वर्ष भारतीय जेलमा बिताउन बाध्य निर्दाेष नेपाली दुर्गाप्रसाद तिम्सिनाको मुहारलाई सम्झाउँछ । र, संयोग भनौ, यि दुबै इलामका हुन् ।
जापानमा जसरी मैनालीले क्षतिपुर्ति पाउन सफल भए त्यसरी नै तिम्सिनाले पाउलान् कि नपाउलान् भन्ने आम नेपालीमा चासो छ । ह्याम्स रेडियोको प्रयासमा ठेगाना पत्ता लागेपछि तिम्सिनालाई भारतीय जेलबाट छुटाउन उनका परिवारजन र ह्याम्सका कर्मचारी सफल भए ।
तिम्सिना गत आइतबार घर पु्गे । उनी शारीरिक र मानसिकरुपमा कमजोर छन् । आर्थिक अवस्था दयनीय छ । भारतबाट सासमात्रै लिएर आएका तिम्सिनालाई अब सोही सास धान्न मुस्किल परेको छ ।
भारत पश्चिम बंगालको दमदम सेन्ट्रल जेलमा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम उनी छुटेका ह्ुन् । अब तिम्सिनालाई क्षतिपुर्ति उपलब्ध गराउन भारतीय वकिल र नेपाल सरकारले प्रयास गर्ने भनिएको छ । तर तिम्सिनालाई क्षतिपुर्ति दिनबाट बच्न भारतीय अदालतले उनलाई ‘दिमागी हालत ठिक नभएको’ भनिरहेको छ ।
दिमागी हालत अर्थात् मानसिक अवस्था ठिक नभएको व्यक्ति वा आरोपीलाई भारतीय कानूनअनुसार क्षतिपुर्ति उपलब्ध गराउन बाध्य पारिने छैन । तिम्सिनाले जेलमा भारतीय प्रहरीले करेन्ट लगाएर यातना दिएको बताएका छन् । सोही कारण उनको मानसिक अवस्था हाल केही असमान्य छ ।
४० वर्षदेखि जेलमा राखेर तिम्सिनाविरुद्धको मुद्दामाथि कुनै सुनुवाइ नगरी उनलाई जेलमा सडाइएको थियो । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भनि दाबी गर्ने भारतले अब निर्दाेषलाई क्षतिपुर्तिमार्फत ढिलै भएपनि न्याय दिन सक्ला कि नसक्ला हेर्न बाँकी छ ।
अन्त्यमा, फेरिपनि संयोग नै भनौ, जापानको अदालतमा मैनाली र भारतीय जेलमा तिम्सिनाले एउटै वाक्य बाराम्बार दोहो¥याएका थिए ‘हे भगवान् म निर्दाेष छु ।’