राजु गिरी, पोखरा ।
पोखरा स्पोर्टस अवार्डका लागि मनोनयन सार्वजनीक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस अवार्ड अन्र्तगत वर्ष पुरुष उत्कृष्ट खेलाडी, वर्ष महिला उत्कृष्ट खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उदियमान खेलाडी विधानको मनोनयन आज पत्रकार सम्मेलन गरि सार्वजनीक गरिएको हो ।
यो वर्ष आयोजना हुने स्पोर्ट्स अवार्डमा विभिन्न ७ विधा रहने आयोजकले जनाएको छ । जसमा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार रहने छ ।
मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित समितिले छनोट गरेकामध्ये हाललाई वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सूची यस प्रकार छ:
साथै मञ्चले प्रदान गर्ने बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।