काठमाडौं । प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार सापकोटा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। बालुवाटारको भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको थियो।
संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा ओली र सापकोटाबीच कुराकानी भएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापित भए पनि संसदले बिजनेस नपाएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो।