एमाले नेता नेपाल समुहको निष्कर्षः पार्टीभित्र बसेर संघर्ष गर्छौं, अध्यक्ष ओली एमाले फुटाउन अग्रसर भए

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले पार्टी भित्र बसेर नै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको गतिविधिविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको छ । कंलकीमा रहेको एउटा पार्टी प्यालेसमा बसेको नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्यको बैठकले पार्टीमा बसेर नै संघर्ष गर्ने निर्णय भएको नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिएका छन् ।

एमालेले पार्टी विरुद्ध विभिन्न गतिविधि आयोजना गरेको भन्दै वरिष्ठ नेता नेपाल सहितका ४ जना नेतालाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण मागिएका ४ जना नेताले ओलीलाई नै विभिन्न प्रशन गर्दै स्पष्टीकरण बुझाएपछि एमाले फुटको संघारमा पो पुगेको हो कि भन्ने आशंका व्यक्त गरेका थिए । तर नेपा पन्तका अनुसार एमालेलाई बलियो बनाउन, पार्टीलाई विधि तथा पद्धतिका आधारमा चलाउने उद्देश्यसहित एमालेमा नै बसेर संघर्ष गर्ने बैठकमा सहमति भएको छ ।

वरिष्ठ नेता नेपाल समुहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली नै पार्टी फुटाउन अग्रसर भएको आरोप लगाएका छन् ।

ओलीले आफूहरुलाई पेलेर अगाडि बढ्न खोजेको अवस्थामा चैत्र ४ र ५ गते आयोजना भएको राष्ट्रिय भेलाको निष्कर्ष अनुसार शक्ति निर्माण गरेर अगाडि बढ्ने उक्त समुहले चेतावनी दिएको छ ।

कमेन्टहरु
Loading...