पोखरा । प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने बताइएको छ । पोखरा पर्यटन परिषद्ले संस्थामा आवद्ध पर्यटन व्यवसायीका लागि आयोजना गरेको २ दिने ‘डिजिटल मार्केटिङ एण्ड सोसल मिडिया’ तालिमको समापनमा सहभागी वक्ताले प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने धारणा राखे ।
सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख प्रमुख काशिराज भण्डारीले प्रविधिले छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताए । उनले पछिल्लो समय पर्यटनमा सोसल मिडिया निकै शक्तिशाली माध्यम बन्दै गएकाले यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा परिषद्का संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्नसके व्यावसायिक सफलता हासिल गर्न सकिने बताएका छन् । कोभिड–१९ का कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिका माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नवीनतम् सोचको खाँचो औंल्याएका छन् ।
परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पु¥याउने विश्वास व्यक्त गरेका थिए । तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीले डिजिटल र सोसल मिडियाका बारेमा विभिन्न जिज्ञासासहित सहभागिता जनाएको बताएका छन् । परिषद्सँग आवद्ध १२ संस्था करिब १ सय पर्यटन व्यवसायी तालिममा सहभागिता रहेको थियोे । रासस