पार्टीको संसदीय दल बैठकमा एमाले नेता नेपाल पक्षमा सांसद पनि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सांसद पनि सहभागी हुने भएका छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा नेपाल पक्षका सांसद पनि सहभागी हुने भएका हुन् । यस अगाडि अगाडि बसेको दलको बैठकमा उनीहरु सहभागी भएका थिएनन् ।

योभन्दा अगाडिको बैठकमा कार्यव्यस्तताले सहभागी हुन नपाएको तर आजको संसदीय दलको बैठकमा भने सहभागी हुने नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । आजको बैठकमा सांसदलाई विकास निर्माणका योजना कसरी पेश गर्ने भन्ने विषयमा सिकाउने, संसद बैठकलाई कसरी प्रभावकारी बनाउने तथा पार्टीलाई कसरी एकढिक्का बनाएर अगाडि बढाउने लगायतका विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...