पोखरा । पछिल्लो गत २४ घण्टामा नेपालमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा २ हजार ८९१ जनाको पिसिआर परीक्षण गर्दा १२० जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ। यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय १७ रहेको छ।
गत २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शून्य छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ। हाल ५५ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ।